Sunday, October 15, 2017

कवितामा अन्तर्देशीय डिस्कोर्स - अभय श्रेष्ठ


जसको सम्झनाको जगमा 'देवकोटा-लुसुन प्रतिष्ठान' उभिएको छ, तिनको नाममात्र उच्चारण हुँदा पनि साहित्यप्रेमीको श्रद्धा चुलिएर आउँछ । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा रचनाको सहाराले मात्र नभई करुणामय जीवनशैलीले पनि पक्का कवि थिए । जाडोले कामिरहेको भिखारीलाई आफ्नै कोट फुकालेर लगाइदिने वा मासिक तलबको अंश बाँड्दै हिँड्ने यी कविका गतिविधि सुन्दा अहिले हामीलाई किंवदन्तीजस्तो लाग्छ । खासमा उनी त्यही वर्गका पक्षधर थिए ।


शिशिर योगीले गाएको उनको रचना 'दमाई दाइ' सुनियो भने दलित समुदायप्रति उनका सम्मान र समर्पण अनि यथास्थितिवादी सत्ताप्रतिको कडा आक्रोशले हामीलाई भित्रैदेखि हल्लाउँछ । 'यात्री' र 'पागल' कविताको उचाइबारे धेरै चर्चा गरिरहनु पर्दैन । उता, चीनका लुसुन आलोचनात्मक चेतका संसारप्रसिद्ध महान् लेखक हुन् । 'आह क्युको साँचो कथा' शीर्षकको उनको विश्वप्रसिद्ध कथाले चीनको पुरानो संस्कार र समाजको धज्जी उडाउँछ । कथाबारे फ्रान्सेली दार्शनिक रोम्या रोल्यान्ड भन्छन्, 'यो कथा तत्कालीन समाजप्रतिको कटाक्ष र सामाजिक यथार्थवादको अब्बल नमुना हो । फ्रान्सेली क्रान्तिमा पनि विचरा आह क्युजस्ता पात्रहरू प्रशस्त छन् ।'
अन्तर्राष्ट्रिय जमघट
कास्कीको प्रसिद्ध पर्यटकीय स्थल धम्पुस माछापुछ्रे र अन्नपूर्ण हिमशृंखला दृश्यावलोकन र प्रकृतिसँग साक्षात्कारका लागि पुग्ने चलन छ । तर, देवकोटा लुसुन प्रतिष्ठानले गत असोजको २३ र २४ गते आयोजना गरेको अन्तर्राष्ट्रिय काव्य संगमको लक्ष्य अन्तर्देशीय स्रष्टाको जमघट र कविता गोष्ठी मात्र नभई ती देशमा कविता र वैचारिक स्वतन्त्रताबारे डिस्कोर्स चलाउनु पनि थियो । त्यहाँ नेपालका अतिरिक्ति भुटान, भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, आसाम, देहरादुनको नेपाली भाषी र कलकत्ताका बंगाली भाषी स्रष्टाको उपस्थिति थियो ।
कविताको स्वर
नेपालमा अहिले कविता सबैभन्दा उर्वर छ । बजारमा उपन्यासको दबदबा होला, यो बेग्लै कुरा हो । नयाँ पुस्ताले, खासगरी सीमान्तकृत संस्कृति भएका समुदायले आफ्ना मिथ र संस्कृतिका बिम्बलाई प्रवेश गराएर कविताका स्वर र स्वरूपलाई मात्र नयाँपन दिएका छैनन्, नेपाली भाषालाई नै समृद्ध बनाएका छन् । तथापि, गोपालप्रसाद रिमाल, भूपी शेरचन र देवकोटाका केही गद्य कविताको शिखरलाई अहिले पनि हामीले छुन सकेका छैनौं । रिमाल र भूपीको चेतनास्तर त कता हो कता अझै हाम्रा लागि अगम्य जस्तै छ । नयाँ त तब पो नयाँ जब उसले पुरानालाई जित्छ । कवितासम्बन्धी मेरो धारणा कतिलाई नपच्ला तर नेपाली साहित्यको नयाँ पुस्ताका लागि यो पन्छाउनै नमिल्ने चुनौती हो

एकताका नेपाली साहित्य तथा संगीतको केन्द्र दार्जिलिङ र पेरिफेरी चाहिँ काठमाडौं भएजस्तो लाग्थ्यो ।दार्जिलिङका इन्द्रबहादुर राईसँग मिलेर यताबाट गएका ईश्वर वल्लभ तथा वैरागी काइँलाले साहित्यमा तेस्रोआयाममार्फत तहल्का मच्चाएका थिए । नेपाली समुदायको अस्मिताको आवाज उराल्ने अगमसिंह गिरीको 'नौ लाख तारा उदाए' गाएर अम्बर गुरुङ दार्जिलिङबाटै नेपालमा प्रसिद्ध भइसकेका थिए । पछि नेपाल आएर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, जशयोञ्जन प्यासी, रञ्जित गजमेर आदिले संगीत तथा गायनमा अनि प्रताप सुब्बा, तुलसी घिमिरे, निरुता सिंहलगायतले सिनेमामा योगदान गरे । अब नेपाली साहित्य र कलाका केन्द्र दार्जिलिङ नभई काठमाडौं नै हुन थालेको छ तथापि भारतीय नेपालीका तर्फबाट राजा पुनियानी, लेखनाथ क्षेत्री, मनोज बोगटी, नीमा शेर्पा, भूपेन्द्र सुब्बालगायतका रचना र हस्तक्षेप अभियानले काठमाडौंलाई तरंगित पारिरहेको छ ।
कवि तथा प्रगतिवादी गायक संगीत श्रोताको विचारमा संसारभरिकै नेपाली भाषी समुदाय काठमाडौंतर्फ ढल्कनुको अर्थ पनि यही हो । यहीँबाट लहर वा ट्रेन्ड अन्ततिर फैलन थालेको छ । यहाँ बर्तोल्त ब्रेख्त, ल्यांग्स्टन ह्युज, धुमिल वा गोपालप्रसाद रिमाल, भूपी शेरचनका लिगेसी बोक्ने कविकै कविता बढी प्रभावशाली छन् । संघर्षशील र चेतनाका कविताले नेपालमा सबैभन्दा प्रस्ट र साकार रूप लिएको देख्न सकिन्छ । अन्य विधामा पनि झन्डै त्यही स्थिति छ ।
सांस्कृतिक निजताको संरक्षण र पैरवीको आवाज उराल्ने, पिछडिएका समुदाय, क्षेत्र, वर्ग, दलित, मधेसी, जनजातिका अधिकारका कुरा स्थानीयताको रङसहित आउँदा नेपाली कविताको भाषा अझ तिख्खर हुँदैछ । बजारका हिसाबले यहाँ सबैभन्दा बढी उपन्यास र आत्मकथाको माग देखिन्छ । अत: थुप्रै कविहरू रातारात हिट हुने लालसामा उपन्यास लेखनतिर लहसिन थालेका छन् । 'तर, यो एउटा छाल हो, लामो समय टिक्लाजस्तो मलाई लाग्दैन', संगीतको कथनमा हाम्रो पनि सहमति थियो।

नेपालबाहिर नेपाल
नेपाली मूलका मानिस संसारमा जहाँ-जहाँ छन्, त्यहाँ नेपाली भाषाकै आधारमा छुट्टै उपराष्ट्रियता बनिरहेको छ । ताजा उदाहरण दार्जिलिङ क्षेत्रमा देख्न सकिन्छ । नेपालमा हरेक जात, समुदाय, क्षेत्र र वर्गका सांस्कृतिक निजता र अधिकारका पक्षमा आन्दोलन चलिरहँदा ती क्षेत्रमा नेपाली भाषाले नै नेपाली मूलका सबै जाति र समुदायका मानिसलाई एउटै मालामा उनेको छ । नेपाली भाषाकै आधारमा गोर्खाल्यान्डको माग गर्दै दार्जिलिङ क्षेत्र १०५ दिन बन्द भयो । नेपाली भाषा बोलेकै कारण भुटानबाट त्यत्रा नेपाली खेदिए र पूर्वी नेपालमा शरणार्थी भएर शिविरमा बस्न बाध्य भए ।

नेपाली भाषी समुदायको बसोबास भए पनि अन्य देशमा जिब्रो फट्कारेर नेपाली बोल्न पनि नपाइने स्थिति छ । देहरादुनवासी साहित्यकार भूपेन्द्र अधिकारीका अनुसार, भानुभक्त आचार्यकै परिचय पनि गलत किसिमले दिने गरिएको छ । आसाममा भने नेपाली भाषाको साहित्य भाषिक तथा जातीय अस्मितामा बढी केन्द्रित छ । 'त्यहाँ अन्य भाषाका लेखकले पनि नेपालीमा लेखेका छन्', आसामका लेखक रुद्र बरालले भने, 'स्थिति जति प्रतिकूल भए पनि नेपाली भाषीहरू उत्साहसाथ लेखिरहेका छन् ।' अल इन्डिया रेडियोकी समाचारवाचक तथा कवि उषाकिरण सत्यदर्शीले नेपाली भाषीको पहिचान आन्दोलन, गोर्खाल्यान्डबारे दार्जिलिङ, खर्साङतिरका बौद्धिक समाज मौन रहने गरेको उल्लेख गर्दा मलाई पनि हाम्रा बुद्धिजीवीहरूको भारदारी प्रवृत्तिले रन्थन्यायो

"लक्ष्मीप्रसाद देवकोटा रचनाको सहाराले मात्र नभई करुणामय जीवनशैलीले पनि पक्का कवि थिए । जाडोले कामिरहेको भिखारीलाई आफ्नै कोट फुकालेर लगाइदिने वा मासिक तलबको अंश बाँड्दै हिँड्ने यी कविका गतिविधि सुन्दा अहिले हामीलाई किंवदन्तीजस्तो लाग्छ । खासमा उनी त्यही वर्गका पक्षधर थिए ।"

भुटानका नेपाली भाषी कवि तुम्बेहाङ लिम्बुले त्यहाँ विचार व्यक्त गर्नु अपराध ठानिने कटु सत्य ओकल्दा लेख्ने र विचार व्यक्त गर्ने मामलामा नेपालका कवि, लेखक धेरै सहज स्थितिमा रहेको महसुस भयो । 'राजपरिवार, भारदार र कुलीन समाजका सदस्यबाहेक त्यहाँ अरूले 'मान्छेजस्तो' भएर बाँच्न पनि पाउँदैनन्', पारिजातको रचना पढेर र खगेन्द्र संग्रौलाको भाषण सुनेर प्रगतिवादी कित्तामा आएका तुम्बेहाङको कुरा सुन्दा उकुसमुकुस भयो । त्यहाँ जोङ्खा भाषाको साहित्य शास्त्रीय घेरामै जेलिएको र प्रकृति, प्रेम अनि राजपरिवारको विरुदावलिमै अल्मलिएको उनको अनुभूति थियो ।
नेपाली भाषा साहित्य परिषद् भुटानको पहलमा साहित्यले जनताको दु:ख र संघर्षको भाषा बोल्न सुरु गरेको रहेछ । 'हामीले पनि त्यस्तो उल्लेख्य केही गर्न सकेका छैनौं, प्रस्थान बिन्दुबाट हाम्रो यात्रा भर्खरै सुरु भएको छ', लिम्बूको कन्फेसन केही हदसम्म व्यक्त हुन नसकेको धेरैको कन्फेसन थियो ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भीम रावतका अनुसार, १५ वर्षअघिसम्म सिक्किममा दैनिक अखबार 'हाम्रो प्रजा शक्ति' मात्र रहेकोमा हाल १२ वटा दैनिक छन् जसको भूमिका नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण छ । कार्यक्रममा एकमात्र गैरनेपाली भाषी कवि थिइन् कलकत्ताकी बंगाली भाषी देवव्रती भट्टाचार्य । 'कवि युनिभर्सल हुन्छ, उसले बोल्ने भाषा र व्यक्त गर्ने कुरा पनि युनिभर्सल नै हुन्छ', उदात्त भावको कविता लेख्ने बंगाली कविले भनिन्, 'कविलाई यो भाषा, त्यो भाषा, यहाँको, त्यहाँको भनेर सीमित नगर्नुस् ।' देवव्रतीको कुरा मलाई ठीकै लाग्यो । तर, उनले भन्न छुटाएको कुरा के थियो भने स्थानीयतालाई पक्रेर नै कवि वा लेखकले त्यसलाई युनिभर्सल बनाउँछ ।
काव्य संगम
धम्पुस र पोखराको पर्यटन बोर्डको हल दुवै ठाउँमा अल इन्डिया रेडियोकी समाचारवाचकसमेत रहेकी खर्साङकी उषाकिरण सत्यदर्शीले संगीतसहित नाटकीकरण गरिएको पहिचान आन्दोलन झल्काउने कविताको रेकर्ड सुनाउँदा कविहरू स्वयं दार्जिलिङसँगै आन्दोलित भइरहेका थिए । नेपालका कवि केशव सिलवालको चर्चित कविता 'चिबे चरा'को विम्बमा सीमान्तकृत समुदायको चेतना जागरण र संघर्षशीलताको प्रभाव बेग्लै थियो ।
दार्जिलिङको हिमालय दर्पणका संवाददाता तथा कवि अमर गुरुङले दलित समुदायको थिचिएको आवाजलाई कवितामार्फत मुखर गरे । अर्जुन राई, पुरन तामाङ, भीम रावत, रुद्र बराल, भूपेन्द्र अधिकारी, उषा नन्दीजस्ता भारतीय नेपाली भाषी कविका कविताको स्वर पनि जातीय र भाषिक अस्मितामै केन्द्रित थिए । महिला अस्मिताका कविता सुनाएका सीता शर्मा, हरिमाया भेटवाल, सरस्वती प्रतीक्षा, डा. बिन्दु शर्मासँगै कृष्ण प्रसाई, केबल विनावी, बलराम तिमिल्सिना, राजेन्द्र पौडेल, भीम रानाभाट, गायत्रीकुमार चापागाईं, सविन लम्सालले सामयिक स्थितिमाथि कटाक्ष गरे । प्रतिकूल गला हुँदा पनि जीवन शर्मा र संगीत श्रोताले आ-आफ्ना प्रसिद्ध गीत नसुनाई धर पाएनन् ।
संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले कुनै घटना वा सन्दर्भबाट प्रभावित भएर तत्काल कविता लेख्दा दीर्घायुयुक्त नहुने आत्मस्वीकृति गरिरहँदा देवकोटा लुसुन प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंका धारणा पनि झन्डै उस्तै थियो । 'हाम्रा कविताहरू, कहाँसम्म भने प्रगतिशील कविताहरू पनि कुनै घटनाको टिप्पणीजस्तो हुन थालेका छन्', चापागाईंको कथनले सबै कविलाई एकपल्ट आफैंतिर फर्केर हेर्न बाध्य बनायो ।
र, अन्त्यमा
आजभोलि कुनै पनि साहित्यिक यात्रा, सम्मेलन वा प्रकाशनका विशेषांकहरू आपसी स्वार्थले ठडिएको घेरा ननाघ्ने सामान्य प्रचलन छ । हरेकजसो साहित्यिक क्रियाकलापमा पनि व्यापारी र नेताको झैं कार्टेलिङ चल्छ । यस्तो बेला प्रतिष्ठानबाट निम्तो पाउँदा विभिन्न देशका कविसँग अन्तक्र्रिया हुने र आफू पनि 'अन्तर्राष्ट्रिय कवि' बन्न पाइने अवसर सम्झेर उत्साहपूर्वक मैले निम्तो स्वीकारेको थिएँ । कार्यक्रम सकेर फर्कंदै गर्दा मैले आयोजक सदस्य मातृका पोखरेलसँग मैले भनेँ पनि, देश, विदेशबाट यति धेरै संख्यामा अतिथि कवि तथा पत्रकार भेला गराएर काव्य गोष्ठी गर्नु अनि छलफल चलाउनु सामान्य काम होइन ।
त्यसमाथि आयोजकलाई 'सबैलाई चान्स दिनुपर्ने' बाध्यता हुन्छ । तर, निश्चित धारका रचना प्रस्तुति र त्यही धारमाथि बहस केन्द्रित गर्न सकेमात्र साहित्य सम्मेलनहरू सामान्य औपचारिक जमघटभन्दा माथि उठ्न सक्छन् भन्ने मनन गर्नु जरुरी छ । जस्तो: देश, विदेशबाट संघर्षशील परम्पराका कवि वा कथाकारको जमघट अनि त्यसै धारमाथि गम्भीर बहस ।

http://annapurnapost.com बाट साभार 

अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन

अक्टोवर क्रान्तिको शतवार्षिकी मनाइदै


काठमाडौं २०७४ कार्तिक २८ गते  । नेपाल ल क्याम्पसमा शनिवार भएको वामपन्थी चिन्तक, लेखक, कवि, संस्कृतिकर्मी, राजनीतिकर्मी, समर्थकहरुको भेलाले अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन गरेको छ । अक्टोबर क्रान्तिको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरि उत्सवमय रुपमा अक्टोवर क्रान्तिको सम्मान र सम्झना गर्न समिति गठन गरिएको बताइएको छ । विभिन्न वामपन्थी दलमा आवद्ध तथा स्वतन्त्र सयभन्दा बढी व्यक्तित्वहरुको भेलाले नब्बे सदस्यीय आयोजक समिति र एकतीस सदस्यीय नागरिक समितिको सचिवालय गठन गरेको हो ।
भेला आयोजक समन्वय समितिका तर्फबाट इतिहासविद् तथा पूराना वाम नेता मुरारी अर्यालले कार्यक्रम संचालन गर्दै भेला आयोजनाको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । भेला आयोजक समितिको तर्फबाट कवि तथा लेखक शरद पौडेलले पेश गर्नुभएको नागरिक अपिललाई भेलाले अनुमोदन गरेको थियो । विचार गोष्ठी, कविता गोष्ठी, सडकमा सांस्कृतिक उत्सव र सडकमै भोजको आयोजना गरि अक्टोवर क्रान्तिको शतवार्षिकी उत्सव मनाउने र वर्षैभर विविध कार्यक्रम आयोजन ागर्ने पनि भेलाले निणर्य गरेको छ ।

नागरिक समितिले अक्टावर क्रान्तिको महत्वलाई प्रष्ट पार्दै अपिलमा अगाडी भनेको छ–

अक्टुबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड ९पछिको लेनिनग्राड० सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई।१९१७ को अक्टुबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ ।

अक्टुबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई। १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टुबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।

अक्टुबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस(मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए । 

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति ,ज्ञान, सूचना, सेबा, संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो ।

भेलामा वरिष्ठ वामनेता स्वनाम साथी, मुरारी अर्याल, अनिल शर्मा, टेक बलम्पाखी, लेखक, कवि, प्राध्यापक–शारदा रमण, इस्माली, विप्लव प्रतीक, स्नेह सायमी, डम्बर चेम्जोङ्ग, शरद पौडेल, विद्या भट्टराई, राजेन्द्र महर्जन, उषा तितिक्षु, सोमत घिमिरे, उज्जवल प्रसाई, मातृका पोखरेल, आर एम डंगोल, बलराम तिमिल्सिना, केशव सिलवाल, रघु घिमिरे, वलराम थापा, संगीत श्रोता, नरेश ज्ञवाली, अशोक सुवेदी, राजु स्याङ्गतान सहित सय बढी लेखक, कलाकार, साहित्यकार, वम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलाले निम्न अनुसारको नागरिक समितिको सचिवालय गठन गरेको छ । जसअनुसार :  – 

अमर विक
इश्माली उषा तितिक्षु  कान्ति न्यौपाने  खगेन्द्र संग्रौला  नरेश ज्ञवाली
पदमराज जोशी
पिंकी गुरुङ्ग
बन्धु विक्रम क्षेत्री
बलराम तिमिल्सिना
बिनोद लोहनी
मातृका पोखरेल
मुरारी अर्याल
यादव देवकोटा
युग पाठक
रघु घिमिरे
आर एम डंगोल
राजेन्द्र महर्जन
रबि प्रसाद गुरागाई
रोशन जनकपुरी
शारदा रमण नेपाल
सागर साथी
संगीत श्रोता
शरद पौडेल
सीता ओझा
सुभाष साह
स्नेह सायमी
स्वनाम साथी
तीन जना पछि थप गरि सचिवालय एकतीस सदस्यीय बनाउने पनि भेलाले निणर्य गरेको छ ।


===========================================

अक्टोवर क्रान्तिका केही डकुमेन्ट्री :-


Epic History: The Russian Revolution


=========================================



===============================================

Russian Communist Revolutionary Vladimir Lenin Documentary


==============================================

अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सव मनाऊनका लागि जनस्तरीय समिति निर्माण ।





============================================


अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सबको उपलक्ष्यमा अपिल !

अक्टोबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड (पछिको लेनिनग्राड) सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई.१९१७ को अक्टोबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ । 


अक्टोबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई. १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टोबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन । 

रुसको सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्दै शोषित पीडित एवं गरीखाने वर्गले कम्युनिष्ट क्रान्ति सम्पन्न गरेको सय वर्ष पुगेको छ । यस युगान्तकारी कदमको सतवार्षिकीको अवसरमा यतिखेर संसारभरिका कम्युनिष्ट मात्रै होइन, शासन, शोषण र उत्पिडनबाट मुक्ति चहाने सबै न्यायप्रेमी जनताहरुले अक्टोबर क्रान्तिको उपलब्धि, त्यसले मानव जीवन र सभ्यतामा पारेको प्रभाव, त्यसको महत्व र त्यसमा देखापरेका चुनौतीबारे गम्भीर विमर्शसहित विभिन्न कार्यक्रममा व्यस्त छन् । 

अक्टोबर क्रान्तिले ठगी खाने वर्गको वर्चस्व रहेको मानवद्वेषी समाज र उनीहरुको सत्ता चलेको संसारको राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा नयाँ आयाम छ । यसले ठगिखाने वर्गको स्वर्गमा भूकम्प गएको, कम्युनिष्ट क्रान्तिको आतंक मच्चिएको छ । अक्टोबर क्रान्ति शताब्दी बर्षको स्मरणमा हामी नेपाली पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयासमा छौं । 

अक्टोबर क्रान्ति संसारको युगान्तकारी क्रान्ति हो, कम्युनिष्ट क्रान्ति हो । यस युगीन क्रान्तिको विरासतमा उत्तराधिकार भने कम्युनिष्टहरुको मात्र छैन । विगतको सय वर्षमा संसार र सभ्यताको दशा र दिशा निर्देश गर्ने सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस क्रान्तिको दावानलले समाजको सम्पूर्ण वर्ग, संसारका सम्पूर्ण भूगोल, प्रत्येक कुनाको अर्थतन्त्रलाई प्रभावित पारेको छ । त्यति मात्रै होइन, यसले मानव सभ्यताले यस कालखण्डमा विकास गरेको कुनै पनि प्रविधि, सामाजिक सम्बन्ध यसरी प्रभावित पारेको छ कि शब्दमा वर्णन गर्नै नसकिने अवस्था छ । यस क्रान्तिको क्रममा निस्केका तोपका गोलाबारुदका छिर्का संसारभरि पुगेका छन्, र तिनले प्रत्येकको मनमस्तिष्कलाई छोएका छन् । यसकै प्रभावस्वरुप आजपनि मानवद्वेषी समाज नचाहीकनै, अवचेतनमै भए पनि आफूलाई परिवर्तित गर्न बाध्य भएको छ । 

रुसका जनताले असाध्यै विषम परिस्थितिमा यस युगान्तकारी क्रान्ति सम्पन्न गरेका हुन । यस युगान्तकारी क्षणमा रुसमा क्रियाशील सम्पूर्ण सोभियतहरु, सोभियतमा आबद्ध एवं आम किसान र मजदुर, साम्राज्यवादी युद्धबाट आजित रुसी सैनिकहरुको सक्रिय सहभागिता थियो । असाध्यै अविकसित भूदासहरुको मुलुकमा, चेतनाको कमीले पिछडिएका जनताहरुको देशमा, प्रथम विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरुसँगको युद्धले जर्जर भएको मुलुकमा, तत्कालीन साम्राज्यवादी शक्ति, सेना र पुँजीवादी युद्धपोतको नाकाबन्दीको बीच उनीहरुको कठपुतली सरकारविरुद्ध कम्युनिष्टहरुको नेतृत्वमा रुसका महान जनताले यो क्रान्ति सम्पन्न गरेका हुन् । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि र आफ्नो बर्तमान र भविष्य आफैले बदल्ने संकल्पसहितको जुझारुपना र शौर्य प्रदर्शन गरी यस युगान्तकारी क्रान्ति सम्पन्न गरियो । यसले मानव जातिको दशा र दिशालाई पूर्ण रुपमा परिवर्तित गरी मानव सभ्यतालाई, सामरिक सन्तुलनलाई, र सम्पूर्ण मानवजातिलाई आजको अवस्थामा पुर्या एको हो । मानवजातिले अक्टोबर क्रान्तिको युगान्तकारी उपलब्धिको निम्ति रुसी कम्युनिष्टहरुको ऋण कहिल्यै तिर्न सक्दैन । सय वर्षको अवधिमा मानवसभ्यतामा देखापरेको फड्को यसको प्रमाणको रुपमा उपस्थित छ । 

अक्टोबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो । उत्पीडनकारी राज्यसत्तालाई माध्यम बनाउँदै, बर्ग, संस्कृति, जाति, नस्ल, लिङ्ग, रङ्ग र वर्णको आधारमा मानिस-मानिसबीचको कृत्रिम भेद खडा गरी द्वन्द्व सृजना गरि संसार विभाजित गर्ने परम्परागत सोचको विरुद्ध अन्तर्राष्ट्रिय वर्गीय बन्धुत्व हुँदै क्रमश: अन्तर्राष्ट्रिय मानवीय बन्धुत्व मार्फत विभाजित सीमाहरु र सोचलाई समूल नष्ट पार्नु कम्युनिष्ट क्रान्तिको गन्तव्य हो । 

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस-मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए । 

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेबा), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोबर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो । बर्गीय समाज स्थापना पछि र अक्टोबर क्रान्तिपछिको समयलाई यतिबेला संसारले दाँज्दैछ र अक्टोबर क्रान्तिको महत्तालाई जान्दैछ । 

महान अक्टोबर क्रान्ति जिन्दाबाद !

अक्टोबर क्रान्ति सतबार्षिकी  समारोह नागरिक समुह


Saturday, October 7, 2017

वाम तालमेल : “व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ”

प्रकाश सिलवाल,काठमाडौँ, २१ असोज २०७४ | 

“विश्वका मजदुरहरु एक हौँ ।” प्राय : कम्युनिष्ट पार्टीका ब्यानर र प्रकाशनहरुमा नछुट्ने नारा हो । व्यवहारमा भने नेपाली कम्युनिष्ट पार्टीहरुले विभाजन र आरोप प्रत्यारोपमै समय बिताउँदै आएका छन् ।

आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । यो तालमेलले लोकतान्त्रिक दलहरुमा पनि ध्रुवीकरणको पहल शुरु भएको छ भने साना दलहरु कुनै न कुनै गठबन्धनमा जानैपर्ने निचोडमा पुगेका छन् ।

कम्युनिष्ट पार्टीका नाममा स्थापना भएका फरक फरक दल वा शक्तिले मजदुर वर्गको उत्थान र वैज्ञानिक समाजवादको लक्ष्यलाई केन्द्रित गर्दै आएपनि उनीहरु लक्ष्य पूर्तिमा सफल हुन सकेका छैनन् । संसदीय राजनीतिमा उनीहरुले पाएको जनमत जोड्ने हो भने सहज बहुमत सरहको भएपनि कार्यनीतिक, वैचारिक वा व्यक्तिगत टकरावका कारण फरक फरक वामपन्थी पार्टी स्थापित भएकाले उनीहरु लोकतान्त्रिक शक्तिको सहारा लिन विवश भएको अनुभूतिसहित एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच यही १७ गते तालमेल र एकतासम्बन्धी सहमति सार्वजनिक भएको थियो । मुलुकको समृद्धि र समाजतर्फको यात्राको लक्ष्यसहित घोषणा भएको सो सहमतिलाई वामपन्थी बुद्धिजीवी एवं केही प्राज्ञहरुले सकारात्मकरुपमा लिएका छन् । नेपालमा विसं. २००६ साल वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपनि पछि विभिन्न समूहमा विभाजन भएको थियो ।

बरिष्ठ पत्रकार एवं छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलिया भन्नुहुन्छ, “जनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा लानका लागि हामी पनि कम्युनिष्ट भएका हौँ । जनताको सेवा नै कम्युनिष्टको गन्तव्य हो । त्यस अर्थमा वाम एकताको प्रयास महत्वपूर्ण कदम हो ।”

उहाँले एकताको नाममा आफ्नो स्वार्थ पूर्ति हुने र जनतालाई दुःख दिने काम भएमा जनतालाई पुनः धोका हुने भएकाले विगतको बलिदानलाई कदर गर्दै त्यागको भावना देखाउन सकेमा यो एकता दीगो भएर जाने बताउनुभयो ।

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल चुनावी तालमेल एकताको घोषणाले खुशी तुल्याएको बताउनुहुन्छ । “झट्ट सुन्दा एकाएक एकतामा सहमति भएको मानिए पनि यो एक वर्षअघि देखिकै प्रयास हो, जुन सकारात्मक छ ” उहाँले भन्नुभयो ।

एमालेले जनताको बहुदलीय जनवादका आधारित शान्तिपूर्ण राजनीतिको बाटोबाट समाजको रुपान्तरणको सिद्धान्त अँगालेको छ भने माओवादी केन्द्रले माओवाद अनुसार सशस्त्र संघर्ष हुँदै शान्तिवार्ता हुँदै संसदीय राजनीतिमा अवतरण गरेको छ । दूवै दल अन्ततः आपसी बहशबाट क्रान्तिको सिद्धान्तलाई नेपाली मौलिकताअनुसार विकास गर्दै जान सहमत भएका छन् । कतिपयले भने यो तालमेल एकतालाई केवल चुनाव जित्ने, सत्तामा जाने र आफ्नो दूनो सोझ्याउने अर्थमा पनि लिएका छन् । माओवादीबाटै फुटेर गएका र हाल निर्वाचनमा नआउने तयारी गरेका कम्युनिष्ट दलले आफूहरु सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आएका छन् ।

साहित्यकार विमल निभा वैचारिक समानता भएकाले यी दल एक हुनु कुनै आश्चर्य नभएको बताउनुहुन्छ । “जनताको सेवाका लागि एक्लै भन्दा जुटेर लाग्दा सकारात्मक प्रभाव पर्छ भविष्यको किटानी भने अहिल्यै गर्नु तर्कसंगत हुँदैन ।” स्तम्भकार निभाले भन्नुभयो । 

रासस

Wednesday, October 4, 2017

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन


कान्तिपुर दैनिक, वर्ष -२५ , अङ्क - २२५ , १८ असोज २०७४